मधेस प्रदेशसमाचारसमाजस्वास्थ्य

कलैयाको एक पार्टी प्यालेसमा युवकको रहस्यमय मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

बारा । बाराको कलैया उपमहानगरपालिका–५ दरबार टोलस्थित हिमानी पार्टी प्यालेसमा आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वीरगंजस्थित नबिल बैंक शाखामा मार्केटरका रूपमा कार्यरत ३५ वर्षीय शैलेन्द्र ठाकुर कोठा नम्बर–६ को बेडमुनि अचेत अवस्थामा भेटिएका थिए।

घटनाको जानकारी पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। जाँचका क्रममा ठाकुरको मृत्यु भइसकेको पुष्टि भएको बारा प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिए। प्रहरीका अनुसार सप्तरी स्थायी घर भएका ठाकुर हाल वीरगंज महानगरपालिका–प्रगति नगरमा बस्दै आएका थिए। सोही कोठामा जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत कार्यालय सहयोगी राजेश नेपाल पनि रहेको खुलेको छ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले राति नाकमार्फत खैरो हेरोइनजस्तो देखिने पदार्थ सेवन गरेको देखिएको प्रहरीले जनाएको छ। त्यसकै ओभरडोजका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ। घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button