राजनीतिसमाचार

आचारसंहिता अनुगमनका लागि ७७ जिल्लामा अधिकृत तोकिए

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ७७ जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।

सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिता अनुगमनको जिम्मेवारी दिइएको छ भने कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई चुनावी खर्च, लेखा विवरण, सम्पत्ति विवरण र घोषणापत्र जाँच्ने जिम्मा दिइएको हो।

आयोगले ती अधिकृतहरूलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोध्नेसमेत अधिकार दिएको जनाएको छ। अब आयोगसँगै जिल्ला तहबाट पनि सक्रिय अनुगमन हुने बताइएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर यो व्यवस्था गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button