
प्यूठान । नेकपा (एमाले) बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार रहेका नेकपा (एमाले) का उम्मेदवार सूर्य थापाले पहिलो चरणमा जिल्लाका सबै पालिकामा पुगेर मतदाता भेटघाट सकेका छन् ।
उम्मेदवारी दिए लगत्तै नौ वटै स्थानीय तहमा रहेका पालिका कमिटीहरुमा आवद्ध अगुवा कार्यकर्तासँग भेटघाट गरेर आन्तरिक रणनीति तयार गरेका हुन् ।
आईतबार मात्रै गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिकामा पुगेर अगुवा कार्यकर्तासँग भेटघाट र छलफल भएको पार्टीका सचिव इन्द्रमणी पोख्रेलले जानकारी दिए ।
गौमुखी गाउँपालिकामा निर्वाचन सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको थियो ।



