समाचार

कांग्रेस सभापतिमा गगनलाई मान्यता दिने निर्णय विरुद्धको मुद्दामा बहस सकियो

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । आज सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा बहस भएको हो। रिट निवेदकको तर्फबाट पूर्व महान्यायाधिवक्ताद्वय खम्मबहादुर खाती र रमेश वडालले बहस गरेका छन् ।

कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो। त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।

त्यसका विरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेबरहादुर देउवाले माघ ४ मा सर्वोच्च रिट दायर गरेका थिए । त्यसमा निर्वाचन आयोगसँगै कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ ।

रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरिएको छ । त्यस्तै, अहिले चलिरहेको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको प्रक्रिया रोक्न माग गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button