समाचार

पर्सा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज। जिल्ला प्रहरी कार्यालय पर्साले अबैध लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

आईतबार विशेष सुचनाको आधारमा प्रहरी चौकी गण्डकबाट खटेको प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नं १४ गण्डक चौक स्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रुलाई चेकजाँच गर्ने क्रममा साईकलमा सवार एकजना व्यक्तिलाई लागुऔषध गाँजा सहित पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं २८ बगही बस्ने ४५ वर्षिय राम सुरेश सहनी रहेका छन्। उनको साथबाट प्रहरीले ४ किलो ५० ग्राम अबैध लागुऔषध गाँजा बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिए।

सहनीले कम्मरभन्दा माथि शरीरमा आकासे रंगको प्लाष्टिक भित्र कालो रंगको धागोले सिलाई सेतो टेपले बेरी लागुऔषध गाँजा ओसारपसार गरिरहेको क्रममा पक्राउ परेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button