राजनीति

नेकपा एमालेको मधेश इन्चार्जको जिम्मेवारी श्रेष्ठलाई

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगञ्ज पौष २२ । नेपाल कम्युनिष्ट पार्टी (कीकृत मार्क्सवादी–लेनिनवादी) का केन्द्रीय कमिटी सदस्य लिला नाथ श्रेष्ठ लाई पार्टीले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ।

पार्टी नेतृत्वले उनको लामो राजनीतिक अनुभव, संगठन क्षमता र जनसम्पर्कलाई ध्यानमा राख्दै उक्त जिम्मेवारी सुम्पिएको हो। उनी यस अघि पनि मधेश प्रदेशको इन्चार्जको रुपमा क्रियाशिल थिए ।

श्रेष्ठ नेकपा एमालेका अनुभवी नेता हुन्। उनी यसअघि प्रतिनिधि सभा सदस्य समेत थिए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, महिला, बालबालिका तथा वरिष्ठ नागरिक मन्त्री, तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका नेता श्रेष्ठ निष्ठावान नेताको रुपमा परिचित छन।

मधेस प्रदेश सामाजिक, सांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण महत्वपूर्ण प्रदेशका रूपमा रहेको छ। प्रदेशमा पार्टी संगठनलाई थप मजबुत बनाउने, जनतासँगको सम्बन्ध सुदृढ गर्ने, समावेशी विकासका मुद्दालाई प्राथमिकतामा राख्ने र संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय बढाउने जिम्मेवारी संयोजकको भूमिकामा रहको छ।

पार्टीभित्र श्रेष्ठलाई स्पष्टवक्ता, अनुभवी र व्यवहारिक नेताका रूपमा लिइन्छ। उनको नेतृत्वमा मधेस प्रदेशमा पार्टीको सांगठनिक संरचना सुदृढ हुने, जनअपेक्षासँग जोडिएका मुद्दाहरू प्रभावकारी रूपमा उठान हुने र राजनीतिक स्थायित्व तथा विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button