समाचार

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज। टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

 

धनुषा र पर्सासहित मधेशका आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक उच्च सुरक्षा अधिकारीका अनुसार परिस्थितिलाई ‘संवेदनशील’ ठहर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो।

 

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले टिकटकमा हिन्दुस्तानको नाम उल्लेख गर्दै भिडियो पोस्ट गरेका थिए। उक्त भिडियो धार्मिक सहिष्णुतामा खलल पुग्ने भन्दै स्थानीय अगुवाहरूले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए।

 

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेका बेला पक्राउ गरिएको भन्दै केही युवाहरू आक्रोशित बने। त्यसक्रममा एक मस्जिदमा आक्रमणसमेत भएको थियो। घटनामा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।

 

उक्त घटनालाई लिएर वीरगञ्जमा आज बिहानदेखि प्रदर्शन भएको छ। सुरक्षा निकायले अवस्था नियन्त्रणमा राख्न निगरानी कडा बनाएको जनाएको छ। वीरगंजका बिभिन्न स्थानमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button