राजनीति

नेपाली कम्युनिष्ट पार्टी त्यागेका शाक्य रास्वपामा प्रवेश,पर्साको क्षेत्र नं ४ बाट उम्मेदवारी दिने

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज। तत्कालीन नेकपा (माओवादी केन्द्र) का पूर्व केन्द्रीय सदस्य टेक बहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन ।

आज आयोजित एक औपचारिक कार्यक्रममा रास्वपा पर्सा जिल्ला सभापति हरी पन्तले शाक्यलाई पार्टीको सदस्यता हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दन यादव, क्षेत्रीय सभापति जीतेंद्र मिश्र लगायत नेताहरूले सम्बोधन गरेका थिए भने कार्यक्रमको समन्वय सुदिस प्रजापतीले गरेका थिए।

यो प्रवेश सँगै आगामी निर्वाचनमा पर्सा को क्षेत्र नं. ४ बाट पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा गरेका छन्।

टेक बहादुर शाक्यले पछिल्लो समय भाद्र २३ र २४ को जेनजी विद्रोह जस्ता आन्दोलनले देशको राजनीतिक चेतना प्रगाढ बनाएको र भविष्यप्रतिको आशा जगाएको महसुस गरेपछि सक्रिय राजनैतिक जीवनमा प्रवेश गर्ने निर्णय गरेको बताए ।

शाक्यले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपा मार्फत पर्सा(४ बाट प्रत्यक्ष उम्मेदवारी दर्ता गराउने र मतदातासँग सकारात्मक संवादमार्फत जनआशा र परिवर्तनको पैठार फैलाउने योजना रहेको पनि बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button