खेलकुदसमाचार

पर्सागढी मेयर कप : पर्सा टाईगरलाई ७ विकेटले पराजित गर्दै सिद्धनाथ बाबा वरियस सेमिफाइनल–२ मा प्रवेश

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका वडा नम्बर ६, टोल तित्रौना स्थित झुलुङ्गे पुल नजिकको खेल मैदानमा पर्सागढी लायन्स क्लबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रिकेट प्रिमियर लिग अन्तर्गत दोस्रो क्वाटरफाइनल खेल सम्पन्न भएको छ। दोस्रो क्वाटरफाइनल खेलमा सिद्धनाथ बाबा वरियसले पर्सा टाईगरलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल–२ मा प्रवेश गरेको छ।

टस जितेर ब्याटिङ रोजेको सिद्धनाथ बाबा वरियस विरुद्ध पर्सा टाईगर पहिले ब्याटिङ गर्दै १२ ओभरमा ८८ रनमै समेटियो । पर्सा टाईगरका लागि जितेन्द्र राम ले १५ बलमा सर्वाधिक २२ रनको उत्कृष्ट योगदान दिए। त्यस्तै सोनु पटेलले १० बलमा १२ रन तथा रोबिन ले १५ बलमा १२ रन जोडे।

८९ रनको लक्ष्य पछ्याएको सिद्धनाथ बाबा वरियस दोस्रो इनिङमा १२ ओभरमा ४ बिकेट गुमाउँदै ८९ रन बनाई पर्सा टाईगरलाई ७ विकेटले पराजित गर्दै सिद्धनाथ बाबा वरियस सेमिफाइनल–२ मा प्रवेश गरेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिद्धनाथ बाबा वरियस का खेलाडी मुनाले २६ बलमा ४० रन बनाई म्यान अफ द म्याच घोषित भए। उक्त खेलको कमेन्ट्री ऋषभ राज गिरी ले गरेका थिए भने इम्पायरको भूमिका तेज महतोले निर्वाह गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button