दोस्रो पर्सागढी मेयर कपको पाँचौं दिन : सिद्धनाथ बाबा वरियसलाई ६ विकेटले हराउदै उत्रांश बोल्ट्स विजयी

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको झुलङ्गे पुल नजिक खेल मैदानमा पर्सागढी ल्यान्स कलबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिगको पाँचौं दिनको खेल उत्रांश बोल्ट्सले जितेको छ ।

दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिग प्रतियोगिताको पाँचौं खेलको पहिलो इनिङमा सिद्धनाथ बाबा वरियसले १६ ओभरमा ९ विकेट गुमाएर ११८ रन जोडेको थियो । सिद्धनाथ बाबा वरियसका खेलाडी मन्दिप यादवले १० बलमा सर्वाधिक २० रन, अबसरले १७ बलमा २८ रन भने नितेशले १६ बलमा ३४ रन जोडेका थिए ।

खेलको दोस्रो इनिङमा उत्रांश बोल्ट्सले ११९ रनको लक्ष्यलाई पछत्याउँदैं ९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै प्रतियोगिताको पाँचौं खेल उत्रांश बोल्ट्स ६ विकेटले जितेको थियो । उत्रांश बोल्ट्सका खेलाडी महमद सरिफले २६ बलमा सर्वाधिक ६३ रन जोडेका थिए भने चन्दन यादवले ९ बलमा २४ रन जोडेका थिए । म्यान अफ द म्याचका पुरस्कार २६ बलमा ६३ रन बनाई उत्रांश बोल्ट्सका खेलाडी महमद सरिफले पाएका थिए । यस खेलका कमेन्टरी ऋषभ राज गिरी र इम्पाइरिंग हातिमले गरेका थिए ।




