समाचार

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज । पर्साको वीरगंजमा घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

मंसिर २७ गते वीरगंज महानगरपालिका वडा नं. १०, मारवाडी धर्मशालाको तेस्रो तल्ला, कोठा नं. १०४ मा कोठा भाडामा बस्दै आएकी पर्सागढी नगरपालिका वडा नं. ३ निवासी लगभग २१ वर्षीया सुनिता तामाङको मृत अवस्था फेला परेकी थिइन ।

मृतक सुनिताको परिवारमा एकल महिला आमा बाहेक अरु कोही थिएनन् र घरको आर्थिक अवस्था दयनीय रहेको थियो।

यस परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला स्तरीय लैङ्गिक हिंसा संञ्जाल समितिले मृतक सुनिता स्याङ्बोकी आमा, कान्छीमाया स्याङ्बोलाई राहत स्वरूप ५० हजार बराबरको चेक प्रदान गरेको छ।

उक्त चेक जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए।

पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्ता संवेदनशील घटनामा पीडित र कमजोर वर्गको संरक्षण तथा सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक सहयोग निरन्तर गरिने पनि प्रहरीले स्पष्ट पारेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button