खेलकुदसमाचार

जगरनाथपुर गाउँपालिकाको मधुवाहामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ भव्य रूपमा उद्घाटन

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा,पुस ४ । जगरनाथपुर गाउँपालिकाको आयोजनामा जगरनाथपुर–५ स्थित मधुवाहाँ फिल्डमा आज चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को भव्य उद्घाटन सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष प्रमुख अतिथिको रूपमा सहभागी भई प्रतियोगिताको विधिवत उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, खेल भावना तथा स्वस्थ जीवनशैली विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

गाउँपालिकाका सबै ६ वटै वडाबाट सहभागी विद्यालयहरूबीच सञ्चालन भइरहेको यस प्रतियोगिताले सक्षम, अनुशासित र ऊर्जावान युवा उत्पादन गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई समग्र व्यक्तित्व विकासको माध्यम भएको उहाँको भनाइ थियो ।

अध्यक्षले आगामी दिनहरूमा पनि जगरनाथपुर गाउँपालिकाले विद्यालयस्तरीय खेलकुदको प्रवर्द्धन र विकासलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा सम्पूर्ण स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्दै प्रतियोगितामा सहभागी सबै खेलाडीहरूको उज्ज्वल भविष्य र सफलताको कामना गर्नुभयो ।

“खेलकुदबाट स्वस्थ युवा, स्वस्थ युवाबाट समृद्ध जगरनाथपुर” भन्ने नारासहित प्रतियोगिता सञ्चालन भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button