मधेस प्रदेशराजनीति

मधेश प्रदेशका मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त

Ad 1
Ad 2
Ad 3
Ad 4

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। नेपाली कांग्रेससहित सात दलको समर्थनमा बनेको यादव नेतृत्वको सरकारले सर्वसम्मत रूपमा विश्वासको मत पाएको हो।

प्रदेश सभामा उपस्थित ९२ जना सदस्य सबैले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका छन्। विपक्ष वा तटस्थतर्फ कुनै मत परेको छैन। प्रदेश सभामा सरकार गठनका लागि आवश्यक बहुमत ५४ मत हो। मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिएका हुन्।

नेपाली कांग्रेसका मुख्यमन्त्री यादवलाई नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी नेपाल तथा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतको प्रस्तावमा समर्थन गरेका थिए।

यसअघि यादव सात दलका ७७ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। हाल मधेश प्रदेश सभामा कुल १०७ सदस्य रहेकामा ३ जना निलम्बित छन्। निलम्बित हुनेमा नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना सांसद रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button