उज्यालो नेपाल पार्टीद्वारा वीरगंजमा पत्रकार सम्मेलन

वीरगंज,३ पौष । उज्यालो नेपाल पार्टीद्वारा बिहिबार वीरगंजमा पत्रकार सम्मेलन गरेर आफ्नो पार्टीले पर्सा जिल्लामा आउदो चुनाव र वर्तमान राजनीतिको बारेमा जानकारी गराएको छ। वीरगंजमा बिहिबार पत्रकार सम्मेलन गर्दै सो पार्टीले पार्टीको नीति, उदेश्य र आगामी कार्यदिशा र आउदो चुनावमा समानुपातिक र प्रत्यक्ष उमेदवारको बारेमा केहि दिन मै जानकारी गरिने जनाएको हो। उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल उद्देश्य र विस्तृत घोषणापत्र–२०८२ पनि औपचारिक रुपमा सार्वजनिक गरिएको थियो। उज्यालो नेपाल पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि उज्यालो नेपाल’ रहेको छ। पत्रकार सम्मेलनमा जेनजी आन्दोलनको मर्मअनुसार मुलुकलाई अघि बढाउन पार्टीले भूमिका केन्द्रित गर्ने पनि जानकारी गरिएको छ।
उज्यालो नेपाल पार्टी पर्साल़े वीरगंजको साह ग्रीन सिटी होटेल आदर्श नगरमा पत्रकार समेलान गरि पार्टीको घोषणा पत्र QR मार्फत पार्टीको आधिकारिक चिन्हसहित जारी गरिएको घोषणापत्रमा सार्बजनिक गरेको छ, आधुनिक प्रविधिको प्रयोग गर्दै QR कोड समावेश गरिएको छ, जसको माध्यमबाट आम नागरिकले पार्टीका नीति, कार्यक्रम, उद्देश्य तथा भावी कार्यदिशाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्। पार्टीका अनुसार डिजिटल माध्यमको प्रयोगले पारदर्शिता बढाउनुका साथै युवापुस्तासँग प्रत्यक्ष संवाद स्थापित गर्न सहयोग पुग्नेछ। QR कोड स्क्यान गरेपछि घोषणापत्रको पूर्ण विवरण अनलाइनमार्फत सहजै हेर्न सकिने व्यवस्था गरिएको छ।
उज्यालो नेपाल पार्टीले सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समावेशी विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको जनाएको छ। घोषणापत्रमार्फत पार्टीले भ्रष्टाचार नियन्त्रण, जनमुखी सेवा प्रवाह र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा जोड दिएको छ। पार्टी नेतृत्वले यो घोषणापत्र केवल कागजी प्रतिबद्धता नभई व्यवहारमा उतारिने कार्ययोजना भएको दाबी गरेको छ। साथै, देशभरका नागरिकलाई QR कोड स्क्यान गरी घोषणापत्र अध्ययन गर्न र आफ्ना सुझाव तथा प्रतिक्रिया दिन आग्रह गरिएको छ। राजनीतिमा प्रविधिको प्रयोग गर्दै नयाँ अभ्यासको थालनी गरेको भन्दै उज्यालो नेपाल पार्टीको यो कदमलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।



