मधेस प्रदेशराजनीतिसमाचार

रिहा भए रवि लामिछाने

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं,४ पुस । काठमाडौंकाे नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार साँझ रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर त्यहीँबाट रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न शुक्रबार रुपन्देही पुगेका थिए । लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए ।

लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button