मधेस प्रदेशसमाचार

धनुषामा प्रहरीको उदाहरणीय कामः सागर राणा ६ महिनाभित्र दुईपटक सम्मानित

Ad 1
Ad 2
Ad 3
Ad 4

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी वरिष्ठ नायब निरीक्षक सागर शम्सेर जबरा (सागर राणा)लाई ६ महिनाभित्र दुईपटक ‘Police of the Month’ घोषित गर्दै कदरपत्रसहित सम्मान गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राणालाई पहिलोपटक २०८२ साल असार महिनामा र दोस्रोपटक २०८२ साल मंसिर महिनामा उत्कृष्ट प्रहरीको उपाधिबाट सम्मान गरिएको हो। अपराध नियन्त्रण तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेकाले उनलाई उक्त सम्मान प्रदान गरिएको प्रहरीले जनाएको छ।

अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको दरबन्दी भई प्रहरी चौकी जनकपुरधाममा कार्यरत प्र.ब.ना.नि. राणाले गम्भीर प्रकृतिका अपराधहरूको अनुसन्धान तथा अभियुक्त पक्राउमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका छन्।

विशेषतः मिति २०८२/०७/२८ गते मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न १२ जनामध्ये चार जनालाई पक्राउ गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका-११ मा घटेको जबर्जस्ती करणीसम्बन्धी घटना, तथा जनकपुरधाम-१० स्थित होटलमा नाबालिकामाथि भएको गम्भीर अपराधका फरार अभियुक्तहरू पक्राउ गर्न उनको अनुसन्धान उल्लेखनीय मानिएको छ।

यसका अतिरिक्त, २०८२ सालको राम-सीता विवाह पञ्चमी मेलाको अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिई शान्ति–सुरक्षा कायम गर्न उनले प्रभावकारी नेतृत्व र व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

थोरै समयमै समाजमा सुशासन कायम गर्न उल्लेखनीय योगदान पुर्‍याएको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनका उत्कृष्ट कार्यहरूको विवरण उल्लेख गरी प्रशंसापत्र प्रदान गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले राणाको कार्यसम्पादनले आम नागरिकमा प्रहरीप्रतिको विश्वास बढाउनुका साथै प्रहरी संगठनको छवि उकास्न सकारात्मक भूमिका खेलेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button