राजनीतिसमाचार

पर्सा-२ मा कांग्रेसबाट सांसदका लागि पुराना दुई नेतालाई चुनौती दिदैं युवा नेता राकेश यादवपनि मैदानमा

वीरगन्ज,मंसिर २३ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फका उम्मेदवारका लागि नेपाली कांग्रेसका तर्फबाट युवा नेता राकेश यादवपनि अगाडि सरेका छन् ।पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका उम्मेदवारका लागि कांग्रेस क्षेत्रीय कार्यसमितिले सिफारिस गरेका ३ जना नेतामध्ये युवा नेता यादवकोपनि नाम छ ।

 

सोमबार सम्पन्न क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्ष तर्फका उम्मेदवारका लागि पूर्वमन्त्री तथा तीन पटकका सांसद अनजकुमार चौरसिया, एक पटकका सांसद राजेन्द्र बहादुर अमात्यसंगै युवा नेता यादवको नामपनि जिल्ला कार्यसमितिमा सिफारिस गरेको क्षेत्रीय सभापति महमद साहबुद्धिनले जानकारी दिए ।

४३ वर्षीय यादव, पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरयिाका स्थायीबासी हुन्। कक्षा ९ मा पढ्दाका बखत नै नेविसंघमा आबद्ध भएका यादव ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सचिवमापनि निर्वाचित भएका थिए । नेविसंघको क्याम्पस ईकाइ समितिको सचिव, जिल्ल सचिव हुदैं उनि नेविसंघको जिल्ला सभापतिपनि बनेका थिए ।

 

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button