अर्थ वाणिज्यसमाचार

सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4
वीरगंज । सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार वीरगंजस्थित होटल कुमु प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष सुरेश प्रसाद कोईरीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ, पर्साका अध्यक्ष हरेराम पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पटेलले सहकारी मार्फत आर्थिक कारोबार गर्दा सदस्यहरू सतर्क र सचेत रहनुपर्नेमा जोड दिए । उनले स्थानीय समुदायको स्वामित्वमा दिगो रूपमा सञ्चालित सहकारी नै सुरक्षित हुने बताउँदै लोभ–लालचका योजनाबाट टाढा रहन आग्रह गरे ।
वीरगंजकै सानो पाइला बचत तथा ऋण सहकारीले हालै प्रलोभन देखाई गरेको ठगी घटनालाई उदाहरण दिँदै पटेलले अवास्तविक प्रतिफल दिने योजनाहरु अत्यन्त जोखिमपूर्ण हुने चेतावनी दिए । उनले सहकारीहरूले कानुनतः १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नमिल्ने स्पष्ट गर्दै “त्यसभन्दा बढी ब्याज दिने प्रलोभन देखाउने सहकारीबारे जानकारी दिनुस्, कारबाही हुन्छ” भन्दै सदस्यहरू लाई अपिल गरे ।
उनका अनुसार देशभर रहेका करिब ३५ हजार सहकारीमध्ये केही सय सहकारीका गलत क्रियाकलापका कारण सम्पूर्ण सहकारी क्षेत्रलाई दोष दिने प्रवृत्ति रोक्न आवश्यक छ। सहकारीको विश्वसनीयता जोगाउन पारदर्शिता, सदाचार र नियमपालनलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनले बताए ।
कार्यक्रममा लेखा समिति संयोजक कृष्णा प्रसाद साह सोनारले संस्थाको आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारणसभामा संस्थाका कर्मचारी, उत्कृष्ट ऋणी, लगानीकर्ता तथा बचतकर्ता गरी करिब एक दर्जन व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
सो अवसरमा संस्थापक सदस्य संजय चौरसिया, पत्रकार राकेश साह लगायतले सहकारीको आगामी योजनाबारे आफ्ना धारणा राखेका थिए । कार्यक्रममा उपाध्यक्ष प्रदिप कुशवाहा, सचिव रोशन कुमार यादव, कोषाध्यक्ष जितेन्द्र प्रसाद सिंह, सञ्चालक सदस्य रेखा कुमारी गुप्ता, उर्मिला देवी कुशवाहा लगायतको गरिमामय उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक रामजन्म प्रसाद महतोले गरेका थिए ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button