राष्ट्रिय

एनपीएलमा खेलाडीलाई म्याच फिक्सिङकाे लागि १ कराेड अफर गर्ने युवतीसहित २ जना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । काठमाडौंकाे त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा म्याच फिक्सिङको प्रस्ताव राख्ने दुई जना पक्राउ परेका छन्।

सट्टेबाजीको प्रस्ताव राख्दै खेलाडीलाई प्रलोभन दिन आएका भारतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई हाल भारतमा बस्दै आएकी रेविका सिंह ठकुरीलाई प्रहरीले मंगलबार लाजिम्पाटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रेविकाले आफ्नै इन्स्टाग्राममार्फत एक नेपाली क्रिकेटरलाई ‘स्पोन्सर’ गर्ने नाममा सम्पर्क गरेर भेट्ने प्रस्ताव राखेकी थिइन्। खेलाडीले जिज्ञासा राखेपछि उनीहरु कात्तिक ३० मा विमानमार्फत काठमाडौं आएका थिए।

बाहिर भेट्न खेलाडीले नमानेपछि उनीहरू खेलाडी बस्ने होटलमै पुगेर रन आउट भए बापत एक करोड रुपैयाँ दिने प्रलोभन देखाएका थिए ।

खेलाडीले रकमको लोभमा नपरी तुरुन्तै प्रहरीलाई सूचना दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले दुवैलाई पक्राउ गरेको हो।प्रहरीले सट्टेबाजी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।साभार:खबरहब

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button