मधेस प्रदेशस्थानीय

३ लाख नगदसहित एक भारतीय युवक पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । वीरगन्जमा सशस्त्र प्रहरीले हेल्मेटमा नगद रकम ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका एक भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको नुनियाडी गाँउका २५ वर्षीय आनन्द कुमार रहेका छन् ।
भारतको रक्सौलबाट बीआर ०५ एभी ५९८३ नम्बरको मोटरसाइकलमा सवार भई वीरगन्ज आउँदै गरेका आनन्द कुमारलाई वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको ३ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

उनि सवार मोटरसाइकल सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनले लगाएको हेल्मेट भित्रबाट नेपाली ३ लाख रुपैयाँ बरामद भएको र उक्त रकमको श्रोत खुलाउन नसकेका कारण रकमसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । रकम र मोटरसाइकलसहित आनन्द कुमारलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button