समाचारस्थानीय

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार बम , सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट आएका वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल, जगरनाथपुर गाउँपालिकाका प्रमुख श्रीकान्त प्रसाद यादव, धोबिनी गाउँपालिकाका प्रमुख मदन प्रसाद चौहान, नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट तथा सीमा क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधिहरु सहित करिब ६०–६५ जनाको सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत सीमा सुरक्षामा सहकार्य, समन्वय र सामूहिक प्रयासलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको सशस्त्रका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिए ।

सीमावर्ती बस्तीमा आवश्यक विकास कार्यक्रम सञ्चालन, आपराधिक क्रियाकलाप नियन्त्रण तथा सुरक्षासम्बन्धी जानकारी आदान–प्रदानमा स्थानीय समुदायको सक्रिय भूमिका महत्वपूर्ण हुने विषयमा समेत सरोकारवालाबीच कुराकानी भएको थियो।

सो अवसरमा धोबिनी गाउँपालिका–२ का ३३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी प्रोत्साहन गरिएको गणले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button