समाचारस्थानीय

पर्सेली पत्रकारको लागी हैजाविरुद्धको खोप शिविर संचालन हुने

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज , कार्तिक २६ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा बिहीबारदेखि पत्रकारहरूका लागि हैजाविरुद्धको खोप शिविर सञ्चालन हुने भएको छ।
महासंघका अनुसार खोप कार्यक्रम कात्तिक २७ गते बिहीबार बिहान ११ बजे क्लासिक ब्याङ्केट, आर्मी ब्यारेकको उत्तर, वीरगन्जमा सुरु हुनेछ।
महासंघले हालसम्म हैजाविरुद्धको खोप नलिएका पत्रकारहरूलाई अनिवार्य रूपमा उपस्थित भई खोप लगाउन आह्वान गरेको छ। साथै आफ्ना परिवारका सदस्य र आफन्तहरूलाई पनि खोपका लागि ल्याउन सकिने जानकारी दिइएको छ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले सबै पत्रकारलाई स्वास्थ्य सुरक्षाका दृष्टिले खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। महासंघले यो कार्यक्रम हैजा संक्रमणको जोखिम न्यूनीकरणका लागि सञ्चालन गर्न लागिएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button