मधेस प्रदेशस्थानीय

जेन-जि आन्दोलनका क्रममा केन्द्रिय कारागारबाट फरार कैदी वीरगंजमा पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । जेन-जि आन्दोलनका क्रममा केन्द्रिय कारागार, जगन्नाथदेवल काठमाडौँबाट फरार भएका कैदीलाई पर्सा प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–८ बस्ने ३७ वर्षीय दिपक कुमार महरालाई पक्राउ गरेको हो । महरालाई पर्सा जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकेको थियो ।

महराले मिति २०८२ साल भदौ २४ गते जेन जि आन्दोलनका क्रममा केन्द्रिय कारागारबाट फरार भई आफ्नो गाउँ वीरगंजमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महरालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी कारागार कार्यालय वीरगंजमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button