मधेस प्रदेशस्थानीय

नारायणी अस्पतालको निमित्त मेसुमा पुनः डा. चित्तरञ्जन साह नियुक्त

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पुनः डा. चित्तरञ्जन साहले पाएका छन् ।

मेसु डा. चुमन लाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएपछि अस्पताल मन्त्रालयले डा. साहलाई निमित्त मेसुको जिम्मेवारी सुम्पिएको हो । डा. दासलाई मेसुको जिम्मेवारी दिइनुभन्दा पहिले पनि डा. साह नै निमित्त मेसुको रूपमा कार्यरत थिए ।

यसअघि पनि उनी अस्पतालको निमित्त मेसुको जिम्मेवारीमा रही कार्यसम्पादन गरिसकेका छन् । डा. साहको अनुभव र अस्पतालको निरन्तरताका लागि निर्णय लिइएको मन्त्रालय स्रोतले जनाएको छ ।

नारायणी अस्पताल मधेस प्रदेश कै प्रमुख स्वास्थ्य संस्था हो । यहाँ दैनिक हजारौँको सयौँ बिरामीहरूलाई सेवा प्रदान गरिन्छ । डा. साहको पुनर्नियुक्तिले अस्पतालको सेवा प्रवाहमा कुनै अवरोध नआउने अपेक्षा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button