मधेस प्रदेशसमाचारस्थानीय

छठ पर्वको दोस्रो दिन आज ‘खरना” मधेश लगायत देशभरी आत्मशुद्धिका साथ मनाइदै

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । मधेश प्रदेश लगायत देशभर आइतवार छठ पर्वको दोस्रो दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन्।

शनिबार ‘नहाय–खाय’ विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुहरुले आज पञ्चमी तिथिमा आत्मशुद्धि र निष्ठाको प्रतीक मानिने ‘खरना’को तयारीमा जुटेका हुन्।

परम्पराअनुसार बर्तालुले आइतवार बिहान सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्ने गर्छन्।

साँझ चन्द्रदर्शनपछि माटोको नयाँ चुल्होमा सक्खर, दूध र चामल मिसाएर खिर पकाई केराको पातमा राखी छठी देवी र कूलदेवतासँग पूजा गरी प्रसादस्वरूप ग्रहण गर्ने चलन छ। यस विधिलाई ‘खरना’ भनिन्छ।

छठको मुख्य व्रत भने भोलि सोमबार (कात्तिक शुक्ल षष्ठी)का दिन सम्पन्न हुनेछ। सो दिन बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन। त्यसपछि मंगलबार बिहान (सप्तमी तिथिमा) उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिई व्रत समापन गर्ने परम्परा छ।

छठमा तयार गरिने प्रसाद — ठेकुवा, भुसुवा, र अन्य मिष्टान्न — ढिकी(जाँतोमा कुटिएको पीठोबाटै बनाइन्छ। यी प्रसाद आफन्त, नातेदार र इष्टजनहरूमा बाँड्ने परम्परा छ।

त्यस्तै, अर्घ्य दिने जलाशयका घाटहरू आकर्षक ढङ्गले सजाइने र सफाइलाई विशेष प्राथमिकता दिइने गर्छ।

पहिले मधेसी समुदायमा सीमित छठ पर्व पछिल्ला वर्षमा देशभर साझा पर्वका रूपमा विस्तार हुँदै गएको छ। छठ अहिले धर्म, संस्कृति र वर्गपिच्छे सबै समुदायले मनाउने साझा आस्थाको पर्व बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button