मधेस प्रदेशराजनीतिसमाचारस्थानीय

मधेस प्रदेशकाे मुख्यमन्त्री जितेन्द्र साेनल बन्दै

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,२९असाेज । मधेस प्रदेशकाे मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मध्स प्रदेश अध्यक्ष जितेन्द्र साेनल(साेनार)काे दाबी पेस गरिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सोनललाई मुख्यमन्त्री बनाउने निर्णयसहित पाँच दलीय गठबन्धनले आज (बुधबार ) प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोसपाबिच मंगलबार राति र आज (बुधबार ) बिहान बसेको बैठकले सोनलको नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो । लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा भएको बैठकमा जसपा नेपालका मनिष सुमन, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका युवराज भट्टराई, लोसपाका जैलुनराइन र नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने सहभागी थिए ।

१०७ सांसद रहेको मधेस प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धनसँग जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्र र लोसपाका ९–९, र एकीकृत समाजवादीका ७ सांसद गरी कुल ५६ सांसदको समर्थन रहेको दाबी गरिएको छ । यद्यपि, लोसपाका एक सांसद निलम्बित रहेकाले गठबन्धनको सांसद सङ्ख्या ५५ मा झरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button