राष्ट्रिय

बालेन साह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो प्रहरीमा जाहेरी

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा घुसपेठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं किटानीजाहेरी दिएको हो ।

नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन् । २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूले माग गरेका छन् । प्रहरीले जाहेरीबारे अध्ययन गरेर कानुनी प्रक्रियाअघि बढाउने जनाएको नेविसंघले जनाएको छ ।

आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघले जाहेरी दिएको हो । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर साहर र गुरूङविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

उजुरी पछि केन्द्रीय सदस्य विष्टले भने, ‘हामीले जाहेरी दिएका छौँ २४ घण्टाभित्र जाहेरी दर्ता गरेर घटनामा संलग्नहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छौँ ।’

यसअघि नेकपा एमालेनिकट भ्रातृ संगठन अखिलले पनि उनीहरूविरुद्ध जाहेरी दिएको थियो । भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार,सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button