मोटरसाइकल र ट्र्याक्टर दुर्घटना हुदा पर्सा हरपुरका २२ वर्षीय पृतम कुमार पटेलको मृत्यु

पर्सा । पर्सागढी नगरपालिका–८ हरपुरका २२ वर्षीय पृतम कुमार पटेलको मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा मृत्यु भएको छ । उनी जीतपुरबाट हरपुरतर्फ जाँदै गर्दा बुधबार साँझ करिब ७ः३० बजे दुर्घटनामा परेका हुन् ।
दुर्घटना २०८२ साल असोज २३ गते (बुधबार) साँझ पारस चौकदेखि पूर्वतर्फ करिब २०० मिटरको दूरीमा सडकमा भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का युवक निराजन साह कलवार करिब २२ वर्ष समेत घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि नारायणी अस्पतालमार्फत नियुरो अस्पतालमा रेफर गरिएको र अहिले उपचार भइरहेको जनाइएको छ ।
दुर्घटना त्यतिबेला भएको हो जब सोही दिशामा अघि गइरहेको ट्र्याक्टर (ना ६ ट ५०९४) ले अचानक ब्रेक लगाउँदा पछाडिबाट आएको मोटरसाइकल (म.प्र.०३–०३६–प १०३९) ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्र्याक्टरको डब्बा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ भने चालक हाल फरार रहेका छन् ।



