मधेस प्रदेशसमाचारसमाजस्थानीय

वीरगन्जको बहुअरीबाट ३ दिनपहिले सडकबाट उद्धार गरिएकी बेवारिसे महिलाले जन्माइन् छाेरी

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीबाट गत शनिबार बेवारिसे अवस्थामा उद्धार गरिएकी गर्भवती महिलाले आज (मंगलबार) बच्चा जन्माएकी छन्। गत शनिबार राति ९ बजेतिर आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा प्रहरीसहितको टोलीले बहुअरीबाट अन्दाजी ३० वर्षकी गर्भवती महिलालाई उद्धार गरेर मानव सेवा आश्रम वीरगन्ज शाखामा लगेर राखिएको थियाे ।

नाम,थर र ठेगाना स्पष्ट रुपमा बताउन नसक्ने ती महिलालाई मंगलबार अपरान्ह ४ बजेतिर बेथा लागेपछि नारायणी अस्पतालमा लगिएको थियाे।अस्पतालमा उनले ५.२3 बजे छाेरीलाई जन्म दिएको आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले जानकारी दिए।आमा र शिशु दुवै स्वास्थ्य अवस्था सामान्य रहेकाे चिकित्सकले बताएको गुप्ताले जानकारी दिए।

गत शनिबार साँझ ५ बेवारिसे अवस्थामा सडकमा रहेको स्थानीयले खबर गरेपछि ती महिलालाई सामाजिक अभियन्तन प्कनश थारुको पहलमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरिसहितको टोलीले उद्धार गरी मानव सेवा आश्रम वीरगन्ज शाखामा लगेर राखेको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button