
काठमाडौंमा जारी जेन्जी आन्दोलनमा गोली लागेर वीरगञ्ज–१२ मुर्लीका २४ वर्षीय एसहाब आलमको ज्यान गएको छ। आन्दोलनमा सहभागी रहेका उनलाई पेट र छातीमा दुई गोली लागेको प्रहरीले पुष्टि गरेको छ।
गम्भीर घाइते अवस्थामै काठमाडौंमै उनको मृत्यु भएको हो। मृतकको शव आजै वीरगञ्ज ल्याउने तयारी भइरहेको परिवारजनले जानकारी दिएका छन्।
दुई महिना अघि मात्रै विवाह गरेका आलम पाँच दाजुभाइमध्ये साईला थिए।आलम काठमाडौंमा अध्ययनसँगै पठाउको काम गर्दै आएका थिए। आकस्मिक निधनपछि परिवार र गाउँमा शोकको वातावरण छाएको छ।




I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.bh/en/register-person?ref=JHQQKNKN