मधेस प्रदेशसमाचारसमाजस्थानीय

गुडविल सोसाइटीद्वारा वीरगञ्ज–३१ मा ५० थान झुल (मच्छरदानी) वितरण

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज,१४ भदौ । गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ मा ५० थान झुल (मच्छरदानी) वितरण गरेको छ। स्थानीयवासीहरूबाट आएको गुनासो अनुसार हाल सो क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक भएको र यसको कारण विभिन्न स्वास्थ्य समस्या देखिएको जानकारी पाएपछि संस्थाले राहत स्वरूप झुल वितरण गरेको हो।

कार्यक्रममा वीरगञ्ज–३१ का वडाध्यक्ष जितेन्द्र यादव विशेष उपस्थितिमा वितरण कार्य सम्पन्न गरिएको थियो। सो अवसरमा गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलम, उपाध्यक्ष सज्जाद, सदस्यहरू किशन पटेल, शाहनवाज, सुहैब, सलाउँदिन, सम्सुदिन, आमिर, सौकत, साहिल, सम्सुल, समीरलगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यस्तै स्थानीयवासी उमर अन्सारी, अली हसनलगायत समुदायका सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका वक्ताहरूले लामखुट्टे सम्बन्धी रोग नियन्त्रणका लागि सचेतना र सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए। साथै गुडविल सोसाइटीले स्थानीय समस्याका आधारमा आगामी दिनहरूमा पनि यस्ता सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button