Dream X Dance Academy द्वारा आयोजित ‘बिरगञ्ज तीज लहर २०८२ को सांस्कृतिक कार्यक्रम सम्पन्न

रामनिवास कुमार पटेल
वीरगन्ज । हिन्दु नेपाली महिलाहरुको महान पर्वको रुपमा परम्परादेखि मनाइदै आएको हरितालिका तीजको लहर जताततै छाएको छ । अबको तीन दिन पछि मनाईने हरितालिका तीजको अवसरमा अहिले जताततै तीजको रौनक छाएको छ भने Dream X Dance Academy द्वारा आयोजित ‘बिरगञ्ज तीज लहर २०८२ को सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।
वीरगन्जको घणटघरस्थित रोयल पार्टी पायलेसमा ‘बिरगञ्ज तीज लहर २०८२ को सांस्कृतिक कार्यक्रम भव्य रूपले सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता Dream X Dance Academy का अध्यक्ष मुना महतोले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय बाणिज्य बैंक मधेश प्रदेशका उपाध्यक्ष संधया सिंह,अतिथि राजकुमार यादव,अनिकेत पटेल, अमित पटेल अन्य नृत्य संगठनका नर्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा तीजको सांस्कृतिक महत्व, महिला सशक्तिकरण र सांस्कृतिक नृत्य क्षेत्रका नर्तकहरूको योगदानबारे चर्चा गरिएको थियो। साथै, तीज पर्वको अवसरमा विविध सांस्कृतिक प्रस्तुति र आपसी शुभकामना आदान–प्रदान पनि गरिएको थियो। Dream X Dance Academy ले सांस्कृतिक नृत्य गर्ने नर्तकहरूलाई एकआपसमा जोड्ने र सांस्कृतिक चाडपर्वको माध्यमबाट सहकार्यको भावना बलियो बनाउने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष महतोले जनाएको छ भने कार्यक्रममा नृत्य गर्ने नर्तक,सहयोगीदाता,प्रमुख अतिथि,अतिथि र मिडिया पार्टनरहरुलाइ सम्मान पनि गरिएको थियो ।



