मधेस प्रदेशसमाचारस्वास्थ्य

नेशनल मेडिकल कलेज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सबीच समझदारीपत्र हस्ताक्षर

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगंज, साउन २९,
नेशनल मेडिकल कलेज प्रा लि बीरगंज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्स लिमिटेडबीच आज एक वर्षे स्वास्थ्य सेवा सहकार्यसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौता अनुसार आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका बीमित ग्राहकहरूले नेशनल मेडिकल कलेजमा स्वास्थ्य उपचार गर्दा बीमा सुविधा प्राप्त गर्नेछन्। साथै दुवै पक्षले विरामीको सहज पहुँचका लागि आपसी समन्वय, शुल्क तालिका आदान–प्रदान, सेवा गुणस्तर अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम गर्ने व्यवस्था गरेका छन्।

कार्यक्रममा नेशनल मेडिकल कलेजकी एकेडेमिक निर्देशक डा.रुबी श्रेष्ठ यासमिन र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका सहायक महाप्रबन्धक अमरबहादुर गौतमले हस्ताक्षर गर्नुभएको हो।

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजको तर्फबाट प्रमुख सूचना अधिकृत प्रदीप चौधरी ,मार्केटिङ म्यानेजर जितेश चन्द्र दास ,प्रशासन अधिकृत विश्वनाथ कान्त , प्रशासन अधिकृत पप्पु सिंह तथा आईजीआई प्रुडेनशियल इन्स्योरेन्सको तर्फबाट सहायक प्रबन्धक धनञ्जय कुमार ठोकर उपस्थित रहेको थिए।

सम्झौतापछि दुवै संस्थाले यस सहकार्यले बीमित ग्राहकलाई गुणस्तरीय, छिटो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button