मधेस प्रदेशसमाचारस्थानीय

पर्सा प्रहरीले अवैध हतियारसहित युवकलाई पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज, १९ साउन — पर्सा प्रहरीले अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा गरिएको अपरेशनमा बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीका साहेब खाँलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१६ अन्तर्गत इनर्वागाउँ क्षेत्रमा हतियार लिएर हिँडिरहेको सूचना पाएपछि खटिएको टोलीले खाँलाई चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोलसहित फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले पक्राउ परेका खाँमाथि हातहतियारसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिए। हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button