मधेस प्रदेशसमाचारस्थानीय

राैतहटकाे बनाना रिसोर्टमा आगलागी, ४० लाख बढीको क्षति

Ad 1
Ad 2
Ad 3
Ad 4

रौतहट,१७साउन ।
रौतहटको ईशनाथ नगरपालिका २ मा रहेको बनाना रिसोर्टमा आगलागी भएको छ । शनिबार बिहान करिब ३:४० भएको आगलागीमा सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ ।

बनाना रिसोर्टका सञ्चालक राकेस गुप्ताका अनुसार आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको सामान नष्ट भएको छ । बनना रिसोर्टका लागी घर निर्माणको कूल खर्चमध्ये आधा नेपाल सरकार र आधा श्री जौहरीमाई कृषी तथा सहकारी संस्था सञ्चालक राकेस गुप्ताको लगानी थियो ।

आगलागीबाट रिसोर्टमा प्रयोग हुने र विभिन्न कृषिमा प्रयोग हुने मेशिनहरू र खाधान्न, फर्निचर, फ्रिज लगायतका सरसमानहरू जलेर नष्ट भएको छ । आगो सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button