मधेस प्रदेशविचारसमाचार

पत्रकार राजकुमार यादवमाथि कुटपिट: नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

Ad 1
Ad 2
Ad 3
Ad 4

रौतहट। समाचार संकलनका क्रममा रौतहट न्यूजमा कार्यरत पत्रकार राजकुमार यादवमाथि भएको भौतिक आक्रमणप्रति नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ।

समितिले आक्रमणमा संलग्न दोषीहरूमाथि तत्काल कडा कानुनी कारबाहीको माग गरेको छ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका सचिव सुरज पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार साउन ८ गते बिहिबार समाचार संकलन गर्ने क्रममा पत्रकार यादवमाथि पूर्वमन्त्रीका छोरा विवेक साह लगायत रन्जित साह, अन्जित साह र अन्जित साहका छोराले कुटपिट गरेका थिए।

विज्ञप्तिमा भनिएको छ, “जनतालाई सही सूचना सम्प्रेषण गर्न खटिएका हाम्रा सञ्चारकर्मीहरूमाथि कुटपिट हुनु अत्यन्त दुःखद, खेदजनक र भर्त्सनायोग्य छ। यस प्रकारको घटना स्वतन्त्र र निष्पक्ष पत्रकारितामाथिको आक्रमण हो।”

समितिले पछिल्लो समय नेपाली पत्रकारितामाथि यस प्रकारका आक्रमणहरू दोहोरिँदै आएकोमा चिन्ता व्यक्त गर्दै यसलाई लोकतन्त्रको मूल्य र मान्यताविरुद्धको कार्य भएको जनाएको छ।

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले घाइते पत्रकार राजकुमार यादवको पूर्ण स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित निकायहरूमा हार्दिक अपिल गरेको छ। साथै, समितिले घाइते यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण एसोसिएट प्रदेश समिति उनको साथमा रहेको जानकारी गराएको छ।

साभार-छानबिन न्युज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button