समाचार

बक्स अफिसमा सैयाराले बनायो यस्ता रेकर्ड

Ad 1
Ad 2
Ad 3
Ad 4

मोहित सुरीको रोमान्टिक म्युजिकल ड्रामा फिल्म ‘सैयारा’ ले बक्स अफिसमा राम्रो कमाई गरेको छ । जुलाई १८ मा रिलिज भएको यस फिल्मबाट अहान पाण्डे र अनिता पद्डाले डेब्यू गरेका थिए । यी दुवैको अभिनयको निकै प्रशंसा भइरहेको छ । रिलिजको तीन दिनमा फिल्मले कयौँ रेकर्ड बनाएको छ । यस वर्षको सबैभन्दा ठुलो ओपनिङ गर्ने फिल्मको सूचीमा यो फिल्मले चौथो नम्बरमा छ । पहिलो दिन नै फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । यस सूचीमा विक्की कौशलको छावादेखि सलमान खानको सिकन्दरसम्म समावेश छ ।

सुपरस्टार बिनाको सबैभन्दा ठुलो ओपनिङ

फिल्म ‘सैयारा’ले पनि बक्स अफिसमा पहिलो दिन नै २० करोड कमाएर सुपरस्टार बिनाको सबैभन्दा ठुलो ओपनिङको रेकर्ड आफ्नो नाममा बनाएको छ । कुनै ठुलो नाम र अनुहार नभएको फिल्मले दर्शकबाट निकै धेरै माया पाइरहेको छ । यसअघि २०१३ मा रिलिज भएको फिल्म ‘आशिकी २’ ले ६ करोड २५ लाख भारु कमाएको थियो । इशान खट्टर र जान्हवी कपूर अभिनीत फिल्म ‘धडक’ले पहिलो दिन ८ करोड ७१ लाख भारु कमाएको थियो ।

डेब्युटेन्टको लागि सबैभन्दा ठुलो ओपनिङ

अहिलेसम्म डेब्यु गरेका कुनै पनि अभिनेताले यो फिल्मबाट अहान पाण्डे र अनित पद्डाले पाएको उपलब्धि हासिल गरेका छैनन् । सबैभन्दा पहिले, यो कुनै पनि डेब्युटेन्टको लागि सबैभन्दा धेरै ओपनिङ हो । यो सूची हेर्नुस् ः

फिल्म ओपनिङ डेको कलेक्सन (करोडमा)

सैयारा २०

किस किस को प्यार करूँ १०.२०

धडक ८.७१

स्टुडेन्ट अफ दि ईयर ७.४८

हिरो ६.९०

हिरोपन्ती ६.५५

इशाकजादे ४.४५

आइतबार सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक

आइतबार सबैभन्दा धेरै कमाइ गर्ने फिल्महरूमा सैयारा २१ औं नम्बरमा पुगेको छ । अचम्मको कुरा के छ भने यो सूचीमा ठूला ठूला सुपरस्टारका फिल्महरू छन् । बलिउड होस् वा साउथका ब्लकबस्टर फिल्म सैयारा शीर्ष २० मा स्थान बनाउनबाट एक कदम मात्र टाढा रह्यो ।

तीन दिनमै ८० करोड माथि

सैयाराले पहिलो दिन २० करोड कमाएको थियो । दोस्रो दिन फिल्मको कमाई २५ करोड रह्यो । फिल्मले पहिलो दुई दिनमा ४५ करोडभन्दा बढी कमायो । तेस्रो दिनमा फिल्मले अरू ३७ करोड कमायो । भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन तीन दिनमै ८२ करोडको आँकडा पार गरेको छ ।

रोमान्टिक फिल्महरूमा सबैभन्दा अगाडि

पहिलो दिन २० करोडभन्दा बढी कमाउने यो पहिलो रोमान्टिक ड्रामा फिल्म पनि बनेको छ । यसअघि यो रेकर्ड रणवीर कपूरको नाममा थियो । उनको ‘ये जवानी है दिवानी’ ले पहिलो दिन १९.२५ करोड कमाएको थियो । इशान खट्टर र जान्हवी कपूर अभिनीत फिल्म ‘धडक’को पहिलो दिनको कमाई ८.७१ करोड थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button