मधेस प्रदेशसमाचार

बारामा ४ हजार ८ सय प्रतिबन्धित लागू औषधसहित दुई जना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

कलैया । बाराको सिम्रौनगढ नगरपालिका–९ पिठवा नजिकै भारतबाट लागू औषध लिएर नेपालतर्फ आउँदै गरेका दुई जना युवा पक्राउ परेका छन्। उनीहरूका साथबाट प्रहरीले ४ हजार ८ सय एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–१ धुर्वा टोल निवासी २० वर्षीय राजेश गुप्ता र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ खड्का टोल निवासी २४ वर्षीय नसिर अंसारी रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू ज ८ प ५४२१ नम्बरको मोटरसाइकलमा सवार भई आउँदै थिए। प्रहरी चौकी कचोर्वाबाट प्रहरी नायब निरीक्षक सोम प्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा मोटरसाइकलमा पछाडि सवार अंसारीले बिचमा बोकेको स्याउको दुई वटा कार्टुनभित्र लुकाइ छिपाइ ल्याइएको अवस्थामा लागू औषध बरामद गरिएको हो।

बरामद लागू औषधमा नोफिन १६०० पिस,फेनारगन १६०० पिस र डाइजोपाम १६०० पिस रहेको बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् । उक्त दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button