खेलकुदमधेस प्रदेशराष्ट्रियसमाचार

पर्सागढी मेयर प्रिमियर लिग सिजन-२: आजको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बागेश्वरी र तित्रौना टाइगर्स भिड्दै

पर्सा । पर्सागढी मेयर प्रिमियर लिग (PMPL) सिजन-२ (२०८३) अन्तर्गत आजको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बागेश्वरी (Royal Challengers Bageshwari) र तित्रौना टाइगर्स (Titrauna Tigers) आमनेसामने हुने भएका छन्।
​
पर्सागढी लाइन्स क्लबको आयोजनामा भइरहेको यस प्रतियोगिताको आजको दोस्रो खेल पर्सागढी-०६, चैनपुर (झुलुंगे पुल नजिक) स्थित खेल मैदानमा हुनेछ।

स्थानीय युवाहरूमा क्रिकेटप्रति बढ्दो उत्साहलाई मध्यनजर गर्दै आयोजना गरिएको यस रोमाञ्चक खेलमा कुन टिमले बाजी मार्ला भन्नेमा खेलप्रेमीहरूको तीव्र प्रतीक्षा रहेको छ। आयोजकले सम्पूर्ण खेलप्रेमीहरूलाई खेल अवलोकनका लागि मैदानमा उपस्थित हुन आह्वान गरेको छ।

Related Articles

Back to top button