मधेस प्रदेशसमाचार

भारतबाट चोरी पैठारी गरिएको ब्रोइलर कुखुराका चल्ला नष्ट

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको २५०० गोटा ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले धोबिनी गाउँपालिका–१, घोडदौडाबाट भारततर्फबाट ल्याउँदै गरिएको २५ काटुन (कुल २५०० गोटा) प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरेको हो। ती चल्ला एक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी चोरी पैठारी गरिँदै थियो।

सशस्त्र प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा बरामद चल्ला सशस्त्र प्रहरी बल नं. १३ गण, पर्साको परिसरभित्र नष्ट गरिएको जनाएको छ।

उक्त चोरी पैठारी कार्यमा संलग्न पर्सा जिल्ला, जगरनाथपुर गाउँपालिका–२ का करिब ५० वर्षीय साबिर अन्सारीसहित प्रयोग गरिएको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button