समाचारस्थानीय

वीरगञ्जमा निषेधाज्ञा जारी, पाँचजनाभन्दा बढी भेला हुन नपाइने

वीरगन्ज । पर्साको वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

पूर्वमा प्रतिमा चौक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

उक्त क्षेत्रमा पाँचजनाभन्दा बढी मानिसहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने निषेधाज्ञा आदेशमा उल्लेख छ ।

Related Articles

Back to top button