समाचार

सरकारी बिज्ञापन नीतिविरुद्ध महासंघ पर्साद्वारा हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा पठाइयो

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज, जेठ २५ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सरकारी विज्ञापनबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने परिपत्र खारेज गर्न माग गर्दै संकलित हस्ताक्षर सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ।

महासंघ पर्साका सचिव विजय चौहानको नेतृत्वमा गएको टोलीले सरकारी विज्ञापनसम्बन्धी नीति पुनरावलोकन गर्नुपर्ने मागसहित संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको हो।

महासंघले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने जनाएको छ। हस्ताक्षर बुझाउने कार्यक्रममा सञ्चारकर्मीहरूको उल्लेख्य रुपमा सहभागिता रहेको थियो।

Related Articles

Back to top button