राजनीतिसमाचार

नेकपाका सांसद मल्लले ‘तमासा’ शब्द असंसदीय भनेपछि जगदीश खरेलले दिए जवाफ

Ad 1
Ad 2
Ad 3
Ad 4

नेकपाका सांसद रमेश मल्लले रास्वपा सांसद जगदीश खरेलले तमाासा भन्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएपछि खरेलले जवाफ दिएका छन् ।

सांसद मल्लले खरेलले बोलेको तमासा शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए । मल्लपछि बोल्दै खरेलले तमासा शब्द असंसदीय नभएको बताए ।

उनले भने, ‘नेपाली शब्दकोश हेर्ने हो भने तमासाको अर्थ हुन्छ( हल्लाखल्ला वा अनावश्यक कोलाहल । यो शब्द कहीँ कतैबाट पनि संसदीय मर्यादा विपरीत रहँदैन । सम्बन्धित भाषाविद् र नेपाली शब्दकोशलाई ध्यान राखियोस्, यो तमासा भन्ने शब्द अशिष्ट होइन ।’

मंगलबारकै पहिलो चरणको संसद बैठकमा खरेलले विपक्षीलाई तमासा नदेखाउन आग्रह गरेका थिए ।

सांसद खरेलको धारणापछि विपक्षी दलका सांसद थप आक्रोशित भएपछि सभामुख डोलप्रसाद अर्यालले छलफल बीचैमा रोकेर बैठक स्थगित गरेका थिए ।

Related Articles

Back to top button