समाचार
टिमुरे जाँदै गरेको बसबाट ४३ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

काठमाडौंबाट रसुवाको टिमुरे जाँदै गरेको बसबाट अमेरिकी डलरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वाग्मती प्रदेश ०१–००६ ख ९५१५ नम्बरको बसलाई उत्तरगया–५, बेत्रावती बजारमा जाँच गर्दा ४३ हजार अमेरिकी डलरसहित धादिङको गंगाजमुना गाउँपालिका–५ का ३७ वर्षीय सुशिल गुरुङ पक्राउ परेका हुन् ।
पक्राउ गरेका गुरुङमाथि थप अनुसन्धान गर्न ललितपुरस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।



