मधेस प्रदेशराजनीतिसमाचारस्थानीय

वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,३० जेठ ।
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रिय सदस्यमा वीरगन्जका आसिफ अहमद निर्वाचित भएका छन् । अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा बिहीबार भएकोे निर्वाचनमा अहमद केन्द्रिय सदस्य (मधेसी खुल्ला) मा ५२ मतका साथ निर्वाचित भएका हुन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ का स्थायीबासिन्दा आसिफ अनेरास्ववियुको वीरगन्ज महानगर कमिटी अध्यक्षपनि हुन् । केन्द्रिय सदस्य (मधेसी खुल्ला) मा अहमदसंगै पुरुषोत्तम चौधरी, आशीष दाहाल र सम्राट खनालपनि निर्वाचित भएका छन् । अनेरास्ववियुको केन्द्रिय अध्यक्षमा भने रामेछापका डा. सुजन कडरिया निर्वाचित भएका छन्। म्याग्दीका प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडेरिया अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यसैगरी खुल्ला उपाध्यक्षमा रामेछापकै ई. विकास श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन्। श्रेष्ठले ७०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राजकुमार ढकालले ४२९ मत प्राप्त गरे।त्यसैगरी महिला उपाध्यक्षमा अञ्जना सिवाकोटीले ७७५ मत ल्याउँदै निर्वाचित भएकी छन्। महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन्। धामीले ७८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी आरके रोमसले ५५४ मत प्राप्त गरे।त्यसैगरी सचिवमा आकाश घर्ती, ई. रचना सापकोटा, ससीम बाबु खान र अधिवक्ता गोपाल नेपाल विजयी भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button