मधेस प्रदेशराजनीतिसमाचार

वीरगन्जमा न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहा गर्न माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,३० जेठ ।
नेपाली कांग्रेसका पूर्व सांसद अफताम आलमलाई सफाई दिने न्यायधिशलाई कालो मोसो छ्याप्ने क्रममा उच्च अदालत जनकपुर अस्थायी इजलासबाट पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कठमाडौंको माइतीघरमा शुक्रबार नेकपा बहुमतका कार्यकर्ताले माइतीघरमा प्रदर्शन गर्ने क्रममा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरक्षिक अपिलराज बोहराले बताए ।उनका अनुसार, प्रहरीले प्रदर्शन गर्ने नेकपा बहुमतका सर्जन पाण्डे, हरि विष्ट, उषाकिरण कामी, सक्षम विक, झलक विक, र सर्जन कामीलाई नियन्त्रणमा लिएको हो । उनीहरू सबै नेकपा बहुमतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध छन् ।

इट्टा भट्टामा जिउँदै मान्छे हालेर हत्या गरेको कसुरमा ६ वर्षदेखि जेलमा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमलाई यहि जेठ १४ गते उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायधिशद्वय खुसीराम थारु र अर्जुन महर्जनको इजलासले सफाई दिएपछि आलम त्यहिदिन रिहा भएका थिए ।

त्यसैको आक्रोशमा नेकपा माओवादी बहुमतका नेताहरुले बिहीबार उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायधिशद्वय थारु र महर्जनलाई इजलासमै छिरेर कालोमासो छ्यापेका थिए । त्यसक्रममा प्रहरीले नेकपा माओवादी बहुमतका तीन जना नेताहरुलाई पक्राउ गरेको थियो । उनिहरु हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button