राजनीतिवागमती प्रदेशसमाचार

तीनकुने घटनाका मुख्यकमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं,३० जेष्ठ

काठमाडौं जिल्ला अदालतले तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रर्दशनका मुख्य कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गत चैत १५ मा तीनकुने घटनामा संलग्न प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान र ३२ जनालाई धरौटी जमानतमा छाड्न आदेश गरेको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुपराजावादी भन्ने गोकर्ण शाही, सुशिल बराल, दण्डपाणी रेग्मी, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश भएको हो। उनीहरुलाई १० हजारदेखि १ लाखसम्म धरौटी तोकेर रिहा गर्न आदेश दिएको छ।

अदालत स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई फरार सूचीमा राखिएको छ।

पूर्वराजाको समर्थनमा २०८१ चैत १५ गते तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकसहित २ जनाले ज्यान गुमाएका थिए। राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए। प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार भएपछि प्रहरीले पक्राउ गरेको थियो। उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन,सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा,आगजनी,तोडफोड र लुटपाट गरेका थिए।साभार:अन्नपूर्णपाेष्ट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button