समाचार

अमृत झाको रिहाइ भएको भन्दै गलत सूचना दिएकोमा परराष्ट्रले माग्यो माफी

Ad 1
Ad 2
Ad 3
Ad 4

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै परराष्ट्र मन्त्रालयले गलत सूचना दिएको स्वीकार गर्दै माफी मागेको छ ।

मन्त्रालयले यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्योलप्रति क्षमा मागेको हो ।

मन्त्रालयले आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार इरानको केश्म टापुमा इरानी सुरक्षाकर्मीले पक्राउ गरेको थियो । अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

Related Articles

Back to top button