
राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत नै फर्काइएको छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली २०८३ स्वीकृत गर्दै राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेको हो।
यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७५ फागुन १६ गते राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेका थिए।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ९ गते पुनः मन्त्रालयमै फर्काइएको थियो। राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण राजस्व अनुसन्धान विभाग अर्थमन्त्रालयमा फर्काइएको थियो।



