समाचार

अनामनगरको साततले भवनमा चल्यो डोजर

Ad 1
Ad 2
Ad 3
Ad 4

अनामनगरको धोविखोला करिडोरमा रहेको साततले भवनमा पनि आज डोजर चलाइएको छ । सरकारी जमिन हडपेर भवन बनाइएको भन्दै आज डोजर चलाइएको हो ।

घरधनी इन्द्र चाम्लिङले जग्गाको पूर्जा रहेको र नक्सापास भएर घर बनाएको बताएका छन् । उनले जग्गाको लालपूर्जा, नक्सापास लगायतका कागजात घरबाहिरै टाँसेका थिए ।

उच्च अदालतले यो सरकारी जग्गा नभएको भनेर आदेश गरेको उनको भनाइ छ । तर सरकारले डोजर चलाएको हो । भवन भत्काउन दुईवटा डोजर प्रयोग गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button